फलोअपः  गम्भीर घाइते भएका बुवाको पनि मृत्यु, न्याय माग्दै आफन्तद्वारा विरोध प्रदर्शन

कास्की | बैशाख १९, २०७९

फलोअपः  गम्भीर घाइते भएका बुवाको पनि मृत्यु, न्याय माग्दै आफन्तद्वारा विरोध प्रदर्शन

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको पनि मृत्यु भएको छ । 

 

आफन्तका अनुसार पुनको उपचारको क्रममा आज विहान ५ बजे अस्पतालमै मृत्यु भएको हो ।  यसअघि उनको छोरी १८ वर्षिया सविना पुनको मृत्यु भैसकेको थियो । 

 

कारको ठक्करबाट बुवा र छोरीले ज्यान गुमाएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । 

 

उनीहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । ‘अहिलेसम्म ड्राइभरलाई नल्याउने, धर्नामा संलग्न एक आफन्तले भने, ‘कारको लापरवाहीकै कारण आज हाम्रो मान्छेले ज्यान गुमाउनु पर्याे । भोली सबैलाई पर्ने कुरा हो । दोषीलाई कडा भन्दा कडा कारवाही नभएसम्म हामी प्रर्दशन गरिरहन्छौ ।’

 

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीसँग मृतक परिवार र आफन्तहरुले वार्ता गरिरहेका छन् । मृतक परिवारले फरार रहेका कार चालक मल्ललाई पक्राउ गरि कारवाही नगरेसम्म मृतक परिवारले शव नबुझ्ने अडान लिएका छन् । 

 

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने फरार छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्